एमालेमा सबै नेताको जिम्मेवारी हेरफेर


  • एमालेमा सबै नेताको जिम्मेवारी हेरफेर
  • काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

    शुक्रबार बसेको केन्द्रिय समिति बैठकले नेताहरुको हेरफेर गर्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजकको जिम्मा दिइएको छ ।

    बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार कार्यविभाजनमा जिम्मेवारी पाएका नेताहरुले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने लगायतका निर्णय गरेको छ ।



  • महासचिव ज्ञवालीका अनुसार योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापालाई, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाह सुवास नेम्वाङ, प्रशासन विष्णु पौडेललाई जिम्मेवारी पाएका छन् ।

    यस्तै, पार्टी सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । जसअनुसार सुदूरपश्चिममा छविलाल विश्वकर्मा, कर्णालीमा प्रदेश लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेस योगेश भट्टराई, कोशीमा रघुवीर महासेठ, बागमतीको केन्द्रीय कार्यालयले नै संयोजन गर्ने एमालेले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *