चार दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


  • चार दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको चार दिने भ्रमण सकेर शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् । 



  • भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति लगायत उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *