मोदीलाई नेपाल भ्रमणको निम्तो


  • मोदीलाई नेपाल भ्रमणको निम्तो
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए ।

    प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।



  • ‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्ड जेठ १७ मा ४ दिने भारत भ्रमणमा गएका थिए । उनी शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन् । भारत भ्रमण परिणाममुखी रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *