काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४४ डिएसपी पदमा बढुवा सिफारिस हुने भएको छ । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको छ ।
४४ पदमा २०७० सालमा भर्ना भएका एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आज (सोमबार) इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले बढुवाको निर्णय हुन लागेको हो ।