जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु


  • जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु
  • काठमाडौं । धनकुटामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् ।

    प्रहरीका अनुसार गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । आमा मुनाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।



  • प्रतिष्ठानमा गम्भीर अवस्थामा उपचाररत बालक सचिनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) कृष्णप्रसाद कोइरालाले बताए । उनको आईसीयुमा राखेर उपचार भइरहेको अवस्थामा बिहान साढे २ बजे बजे मृत्यु भएको उनको भनाई छ ।

    यसैबीच जथाभावी जंगली च्याउजन्य वस्तु नखान प्रहरीले सर्वसाधारणमा सचेत समेत गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *