एजेन्सी । भारी वर्षाका कारण पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा २५ जनाको मृत्यु भएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षाका कारण घरहरु भत्किँदा ती संख्यामा मानिसको मृत्यु भएको हो । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् ।
गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।