कर्मचारीले टिकटक बनाए कारबाही हुने


  • कर्मचारीले टिकटक बनाए कारबाही हुने
  • काठमाडौं । निजामीत कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै बनाएको पाइएमा कारबाही गर्ने भएको हो ।

    कार्यालय समयमा टिकट बनाएमा, कार्यालयको पोसाक लगाएर टिकटक बनाएमा वा कार्यालयको सवारी साधन प्रयोग गरेर टिकटक बनाएको पाइएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् ।



  • निर्देशन विपरीत टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत कारबाही गरिने भट्टराईले बताएका छन् । पछिल्लो समय टिकट नबनाउने व्यक्ति भेट्न नै मुस्किल रहेको अवस्थामा मन्त्रालयले यस्तो नियम बनाएको हो ।

    टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले यस्तो नियम बनाउनु परेको भट्टराईले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *