बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्यो सम्भवः नभएपछि आज (शुक्रबार) विश्वासको कत लिन लागेको हो ।
बिहिबार मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारू नभइ राती सुचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।