काठमाडौं । काठ तस्करीको अभियोग लागेका इलाका प्रहरी कार्यालय बिपीनगर डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराले सफाई पाएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले बुधबार सफाइको फैसला गरेको हो ।

काठ तस्करी गर्न लागेको बेला इन्सपेक्टर बोहरा तथा केदार सामुदायिक वन उपभोक्ता समिति डोटीका अध्यक्ष चक्रबहादुर साउदलाई काठसहित पक्राउ गरी अख्तियारमा बुझाएका थिए । आयोगले ७ असार २०७७ मा दुवैजनाविरुद्ध सरकारलाई हानीनोक्सानी पुर्याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । दुवै जनामाथि जनही ६१ हजार २० रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।