धौलीगंगा बाँध खोलिने महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह


  • धौलीगंगा बाँध खोलिने महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
  • काठमाडौं । भारतले भोली (असार २६ गते) धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ । बाँध खोल्ने भएपछि दार्चुला प्रशासनले महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।

    भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।



  • सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।

    भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *