कमिसनको चक्करले ३० करोड गुम्यो


  • कमिसनको चक्करले ३० करोड गुम्यो
  • काठमाडौं । कमिसनको चक्करले नेपाल प्रहरीले ३० करोड रुपैयाँ बजेट गुमाएको छ । नेपाल प्रहरी अस्पतालका केही अधिकृतको कारण एमआरआई मेसिन खरिदका लागि आएको पैसा फिर्ता भएको हो ।

    अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले मेडिकल व्यापारीसँग मिलेर एमआरआई खरिदको प्रक्रिया अघि बढाएकी थिइन् । त्यसक्रममा टेण्डर प्रक्रियामै त्रुटी हुँदा टेण्डर रद्द भएको छ । यो आर्थिक वर्षभित्र अर्काे टेण्डर गर्न समय नभएपछि करिब ३० करोड गुमेको हो ।

    अस्पतालका पदाधिकारीले पाँच करोड रुपैयाँ कमिसनको डिल गरी सिमेन्स नामक चिनियाँ कम्पनीको नेपाल एजेन्ट रहेको इष्टवेष्ट कन्सर्नसँग एमआरई खरिद गर्न लागिएको थियो । अन्य कम्पनीको एमआरइ प्राविधिक रुपमा पास नै हुन नसक्ने गरी टेन्डर डकुमेन्ट बनेको थियो ।

    जसकारण टेण्डर प्रक्रियामा अन्य प्राविधिक त्रुटी पनि भएपछि खरिद प्रक्रिया रद्द भएको हो । आर्थिक वर्षको सुरुमै खरिद प्रक्रिया सुरु गर्नुपर्नेमा फागुनमा मात्र सुरु गरिएको थियो ।



  • अस्पतालको असक्षम नेतृत्वका कारण प्रहरीलाई ठूलो धक्का लागेको छ । यसमा एआइजी सिंह, इन्सपेक्टर सुरेन्द्र केसी लगायतको चलखेल मुख्य कारण भएको अस्पताल स्रोत बताउँछ ।

    त्यसो त अस्पतालमा हरेक सामान सेटिङमा मात्र खरिद हुने गरेको छ । लक्ड स्पेसिफिकेसनकै आधारमा अस्पतालले सी–आर्म मेसिन खरिद गरेको थियो । हाल एफपिडी प्रविधिको सी–आर्म आइसकेकोमा अस्पतालले मिलेमतोका आधारमा सिसिडी प्रविधिको सिआर्म उच्च मूल्यमा खरिद गरेको छ ।

    जीआइ कम्पनीको सी–आर्मसँग मिल्ने स्पेशिफिकेसन बनाएर ठेक्का भएको हो । जसअनुसार वास्तविकभन्दा दोब्बर मूल्यमा खरिद भएको अस्पताल स्रोत बताउँछ । जीआइका प्रतिनिधि विमल उप्रेती र अस्पतालका अधिकारीबीच कमिसनमा डिल भएर सो खरिद भएको हो । ७० लाख पर्ने मेसिनलाई एक करोड १८ लाखमा खरिद गरिएको छ ।

    यो लगायत प्रहरी अस्पतालका ठेक्काका अनियमिताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेकोमा विस्तृत छानबिन हुनसकेको छैन । प्रहरीमा शुद्धीकरणको नारा लिएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर प्रहरी अस्पतालको भ्रष्टाचारमा गम्भीर हुनुपर्ने देखिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *