काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
बिहान उडेको होलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिएका छन् ।

प्रवन्धक न्यौपानेका अनुसार नाइन एन–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्क विहीन भएको हो । हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।