प्रचण्ड पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने


  • प्रचण्ड पत्नी सीता दाहालको आजै २ बजे अन्त्येष्टि गरिने
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३० बजे निधन भएको हो ।

    उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र आजै २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



  • सीता नेकपा माओवादी केन्द्रका सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाइ गुमाएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *