दासढुंगा दुर्घटना: सडकबाट बस खस्दा १९ यात्रु घाइते


  • दासढुंगा दुर्घटना: सडकबाट बस खस्दा १९ यात्रु घाइते
  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । आज शुक्रबार बिहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा बस दुर्घटनामा पर्यो ।

    काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस सडकबाट खसेको हो ।

    घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने कमला सुब्बा, लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने सुशान्त सुब्बा, हरैचा ८ बस्ने सुनिता लामीछाने, सुनसरी बस्ने संगिता मगर रहेका छन् ।

    यस्तै झापा मेची नगरपालिका–११ बस्ने सुमिमा राई, भक्तपुर–१ बस्ने मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका–७ बस्ने सुमन लामा, भोजपुर अरुण गाउँपालिका–१ बस्ने वर्ष नन्दबहादुर पाण्डे, सोही ठाउँ बस्ने लीलाबहादुर पाण्डे पनि घाइते भएका छन् ।



  • यस्तै बसका सहचालक विक्रम मगर, धादिङका दिलबहादुर श्रेष्ठ, सुनसरी रक्तमाला–५ बस्ने मनिका राई, मोरङ हरैचा–५ बस्ने वर्ष कल्पना राई, सोही ठाउँ बस्ने सपना राई, धनकुटा सहिदभूमि–४ बस्ने विश्वलक्ष्मी राई, उनकी छोरी वर्ष ४ की दिव्या राई घाइते भएका छन् ।

    अन्य घाइतेमा बसका चालक मकवानपुर हेटौंडा–२ बस्ने बादल कुमाल र धादिङ रुबिभ्याली गाउँपालिका–४ बस्ने दीपक तामाङ छन् ।

    घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो । बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको थियो । बस सडकबाट पल्टिएर खसेको भएपनि रूखमा अड्किएका कारण ४० जनाको ज्यान जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *