सप्तकोशीमा खस्यो ट्रक, तीन जनाको सकुसल उद्धार


  • सप्तकोशीमा खस्यो ट्रक,  तीन जनाको सकुसल उद्धार
  • सप्तकोशी नदीमा ट्रक खसेको छ। आज शुक्रबार बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ । 

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।



  • सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।

    सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरूको उद्धार गरेको हो । नदीमा पानीको बहाव बढेका कारण ट्रक देखिन छाडेको छ । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । बसका सवार रहेकाहरू भने सकुशल छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *