काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको एयर होस्टेज पदमा दरखास्त आह्वान गरेको हो ।
रिक्त रहेको ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ । योग्य नेपाली नागरिकले सुचना जारी भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका र २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।
