काठमाडौं । सशस्त्र प्रहरी बलका ६ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् । कानून तथा लेखा उपसमुहका बढुवा सिफारिस भएको हो ।

लेखातर्फ प्रमोदबाबु थापा, तुलसिंह केसी, सन्तोषकुमार चन्द, दिवाकर राउत र राजेश कुमार सिंहको सिफारिस भएको छ । कानुनतर्फ सत्यदेवी बस्नेत डिएसपीमा सिफारिस भएकी छिन् ।
प्रशासनतर्फको बढुवा भने सशस्त्र प्रहरीमा अन्योल छ ।

