काठमाडौ । नेपाल प्रहरीमा लेखापालको पदावधि घटाइएको छ । गत वर्ष ८ वर्ष बनाइएकोमा गृह मन्त्रालयको निर्देशनमा ६ वर्ष बनाइएको छ ।
चलखेलकै आधारमा पदावधि घटाइएको स्रोत बताउँछ । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटीले ६ वर्षमा झार्ने निर्णय गरेको हो । गृह मन्त्री निकट व्यक्तिहरुले यसका लागि चलखेल गरेका थिए । गत वर्ष पनि आर्थिक चलखेलकै आधारमा ६ बाट ८ वर्ष बनाइएको थियो । त्यसका लागि लेखापालहरुले मोटो रकम खर्च गरेका थिए ।

तर, यसरी हरेक वर्ष नियम परिवर्तन हुनुले प्रहरी संगठनभित्र नीतिगत रुपमै कति चलखेल हुन्छ भन्ने देखाएको छ । पदावधि घटाएर हाल लेखापालको सरुवा गर्न लागिएको छ । सरुवामा पनि ठूलो चलखेल छ ।