नेपालगन्ज । आठौं वर्ष पूरा भएको अवसरमा सोमबार प्रहरी सहायक निरीक्षक १६४ औं समुहले नेपालगन्जस्थित निलसागर सेवा आश्रमलाई स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरेका छन ।

२०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायकनिरीक्षक मोहन लाल ओलिले जानकारी दिए ।
बिभिन्न जिल्लामा कार्यरत माधव रावत, मोहन लाल ओली, दाम प्रसाद श्रेष्ठ, महेन्द्र बहादुर शाही, सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल, दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमारचौधरी, ललित बुढाथोकी, भरत रावल, लाल बहादुर वि क, दिलिप चौधरी, दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन, कृष्णभाट, सन्तोष रावल, तारा पति अर्याल, महेश कुँवर, राजेन्द्र चौधरी, सन्तोष थापा, लक्ष्मण वि क, लक्ष्मी प्रसाद कँडेल, ओम प्रकाशखत्री र आशिष दर्लामी मगरले संयुक्तरुपमा सहयोग जुटाएका हुन ।


प्र.स.नि. १६४ औं समुहले सोमबार एक कार्यक्रमका बीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेको हो ।

अध्यक्ष खनालले नेपाल प्रहरीसंग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताए । उनले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताए । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् ।