काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।
पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा प्रस्तुत गरेका थिए । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।

बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । उक्त प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन् ।