काठमाडौँ । नेपाल प्रहरीले लेखापालहरूको सरुवा निकालेको छ। प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका अनुसार १२० जना लेखापालको सरुवा निकालिएको हो।
‘सई १०० जना र असई २० जनाको सरुवा निक्लिएको छ,’ उनले भने। प्रहरीले सरुवा भएकाहरूको सूची भने आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन। सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।
लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका तत्कालीन आईजीपी धीरजप्रताप सिंहले २०७९ असारमा लेखापालको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए।
तर अहिलेका आईजीपी बसन्तबहादुर कुँवरले फेरि ६ वर्षमै झारेका हुन्। तालिम लिएर पनि लेखापाल बन्न नपाएकाहरूलाई पनि मौका दिनका लागि समय घटाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीभित्र लेखापालको दरबन्दी ५११ वटा युनिटमा छ।हिमालप्रेसबाट