काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामनिा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग सीआईबीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले आइतबार श्रेष्ठलाई नियन्त्रणमा लिएसुँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।