काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुन बरामद गरेको छ।
बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो।

भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि साउन २ गते विमास्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा जफत गरिए सुनसहिचतको ब्रेक सु जस्तै शंकास्पद रहेको राजस्व विभागले जानकारी दिएको छ ।