नेपालगन्ज : स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न पश्चात महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा बेथिति,भ्रष्टाचार,अनियमिता बढेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाहीले बताए ।
स्वबियुले हरेक बिद्यार्थीका समस्यालाई सम्बोधन,समाधान गर्नुको साटो बिधार्थीको बिपक्षमा निर्णय गर्दै क्याम्पस प्रशासनसंग मिलेर बिद्यार्थी संग विभिन्न शिर्षकमा शुल्क लिने गरेको अध्यक्ष शाहिले बताए ।

recommendation letter र migration document return बापत उठाएको पैसा तुरुन्त सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न अनुरोध गर्दै तत्काल बिद्यार्थीको विपक्षमा गरेका सबै निर्णय खारेज नगरे लुटतन्त्र विरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुने अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष केशर जंग शाहीले बताए ।
स्वबियू र क्याम्पस प्रशासनले Recomandation letter र माइग्रेसन फिर्ता बाफत रु ५०० लिएर लुटतन्त्र गर्नमा ब्यस्त देखिएको समेत अध्यक्ष शाहिले बताए ।
एउटा साझा बिधिबद सस्थां र प्रतिनिधि सस्थां बिद्यार्थीको हक र अधिकारका लागि लड्नुको साट्टो क्याम्पस प्रशासन सङ मिलेर गोजि भर्न ब्यस्त रहेको शाहिले बताए ।
