
टंकको गीतमा सरोज र आश्माको नृत्य



काठमान्डाैं ।
नोवेल कोरोना भाइरसमा कारण अन्य व्यावसायिक क्षेत्रसंगै नेपाली सांगेतिक क्षेत्रमा समेत ठुलो धक्का परिरहेको अवस्थामा पनी पछिल्लो समय एकपछी अर्को गर्दै म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन । लोकप्रिय गीतहरु सार्वजनिक भैरहेको समयमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक टंक बुढाथोकीले ‘तोरी तेल’ को सफलतापछी नयां गीत ‘तोरी तेल २ मम्मी’ बजारमा ल्याएका छन । गीत संगै सार्वजनिक भएको भिडियोलाई निर्देशक गम्भिर बिष्टले निर्देशन गरेका हुन् ।
भिडियोमा चर्चित मोडेल कार्टुन क्रु का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । टंक बुढाथोकीको शब्द, संगित रहेको गीतमा टंक र बुनु उप्रेतीको स्वर रहेको छ । युट्युवमा अपलोट भएको २४ घण्टा नपुग्दै दुइलाख भन्दा बढी पटक हेरिएको भिडियोलाइ नवराज उप्रेतीको खिचेका हुन ।
