अबिरल वर्षाका कारण बाजुराका दर्जनौँ बस्ती जोखिममा


  • अबिरल वर्षाका कारण  बाजुराका दर्जनौँ बस्ती जोखिममा
  • बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली–३ युना र बौडीका पाँच घर भत्केको बताए । वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन् ।



  • युनाका १३ परिवार बाढी र पहिराको जोखिममा रहेको प्रहरीले जनाएको छ । बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ । वर्षाका कारण पूर्णरूपमा क्षति भएका युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन् । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *