मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा


  • मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा
  • काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् ।

    कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।



  • नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतका नेता बिपी साहले रातोपाटीलाई बताए । सिंहलाई श्रम तथा यातायात मन्त्री बन्ने उनको भनाइ छ । 

    ‘आजै मन्त्रिपरिषद विस्तारको तयारी छ । हाम्रो पार्टीका दुई जना सरकारमा जानुहुन्छ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *