लाहोर । तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ ।
इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।

इमरानको पार्टी तेहरिक–ए–इन्साफले उक्त निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । पार्र्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ’ भनेका छन् ।
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले अदालतले सजाय सुनाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।