ललिता निवासको जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाइने


  • ललिता निवासको जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाइने
  • काठमाडौं । बिचौलिया र भूमाफियाबाट किनेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाउने निर्णय भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवास र त्यसले चर्चेको जग्गा भूमाफियाबाट खरिद गरेको तर हिनामिनाका कुनै प्रक्रियामा नदेखिएको व्यक्तिले स्वेच्छाले फिर्ता गरे उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।

    त्यस्ता व्यक्तिलाई अदालतमा अभियोजन गर्दा ‘सरकारी साक्षी’ का रूपमा मात्र राख्ने निर्णय भएको ब्युरो स्रोतले बतायो ।
    ब्युरोको उक्त निर्णयपछि प्रहरी हिरासतमा रहेकी सिपिका खेतान हिरासतमुक्त भएकी छन् । 

    उनले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट डेढ दशकअघि प्रतिआना ५ लाखका दरले ८ आना जग्गा किनेकी थिइन् ।



  • सरकारी वकिलको कार्यालयले जग्गा हिनामिनामा संलग्न नदेखिए प्रतिवादी बनाउन आवश्यक नभएको राय दिएपछि जग्गा फिर्ताका लागि खेतानको मन्जुरीनामा मालपोत कार्यालय पठाएर ब्युरोले उनलाई हिरासतमुक्त गरेको हो ।

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गर्दा जग्गा फिर्ता गरेका सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र एमाले नेता विष्णु पौडेलका छोरा नवीनलाई प्रतिवादी बनाएको थिएन । रेग्मीले एक आना र पौडेलले आठ जग्गा फिर्ता गरेका थिए ।

    जग्गा हिनामिनामा संलग्न नभएकाको हकमा स्वेच्छाले जग्गा फिर्ता गर्न चाहे प्रक्रिया र्पुयाएर सरकारका नाममा ल्याउने र त्यस्ता व्यक्तिलाई प्रतिवादी नबनाई साक्षीमा रूपमा राखेर मुद्दाको अभियोजन हुने ब्युरोका एसएसपी दिनेश आचार्यले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *