बागमतीमा मन्त्रालयको संख्या १२ पुर्‍याइयो


  • बागमतीमा मन्त्रालयको संख्या १२ पुर्‍याइयो
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालय फुटाएर १२ पुर्याएका छन् । विना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिन उनले मन्त्रालय फुटाएर ११ बाट १२ पुर्याएका हुन् ।

    यसअघि गत जेठ ७ गते प्रदेशको खर्च कम गर्ने भन्दै उनै मुख्यमन्त्रीले १४ बाट तीन मन्त्रालय समायोजन गरेर ११ बनाउन हस्ताक्षर गरेका थिए । तर, उनी ६ महिनामै आफ्नै निर्णयबाट पछि हटेका हुन् ।



  • उनले मन्त्री चित्रकारलाई जिम्मेवारी दिन कांग्रेसको भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *