कैदी मृत्यु प्रकरणमा असईसहित १० प्रहरी अनुसन्धानमा


  • कैदी मृत्यु प्रकरणमा असईसहित १० प्रहरी अनुसन्धानमा
  • काठमाडौं । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन् । 

    संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका १९ वर्षीय विनोद तोलाङ्गी र २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत फेला परेका थिए । तोलाङ्गी मादी नगरपालिका ५ का हुन् भने बलामी नुवाकोट ककनी गाउँपालिका ७ का वासिन्दा हुन् ।



  • सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि अनुसन्धानका लागि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । उक्त टोलीले हिजै खाँदबारी (संखुवासभा) पुगेर थप अनुसन्धान गरिरहेको छ ।दृिष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *