‘उदीयमान पत्रकारिता पुरस्कार २०८०’ मार्फत पत्रकार कृष्णराज अधिकारी सम्मानित


  • 'उदीयमान पत्रकारिता पुरस्कार २०८०' मार्फत पत्रकार कृष्णराज अधिकारी सम्मानित
  • नेपालगन्ज : बाँकेका पत्रकार कृष्णराज अधिकारी नगदसहित 'उदीयमान पत्रकारिता पुरस्कार २०८०' बाट सम्मानित भएका छन् । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशन तथा साधारणसभाको अवसरमा पत्रकार अधिकारी सम्मानित भएका हुन्।

    लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध रही व्यवसायिक पत्रकारिताको माध्यमबाट सामाजिक मुद्दा उठानका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पेसागत जिम्मेवारी निर्वाह गरेको भन्दै प्रेस युनियन बाँकेले शनिबार पत्रकार अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरेको हो।



  • विगत लामो समयदेखि संचारकर्ममा आबद्ध भएका पत्रकार अधिकारी हाल रेडियो कृष्णसार एफएममा कार्यरत छन्। पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो पत्रकारिता यात्रालाई उनले अगाडि बढाइरहेका छन्। उनले उत्पादन गरेका समाचार नियाल्ने हो भने समाजका समस्याहरुलाई उजागर गरेको पाइन्छ।

    'उदीयमान पत्रकारिता २०८०' बाट सम्मानित भएपछि झन् जिम्मेवारी बढेको महशुस भएको उनले बताए। अझै पत्रकारिताको माध्यमबाट आवाजविहिनको आवाज बन्ने हौसला मिलेको पनि उनले बताए। उनको पत्रकारिताको इतिहास हेर्ने हो भने विभिन्न संचार माध्यममा दशकौं समय व्यतीत गरिसकेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *