पञ्चायतकालदेखिकै भ्रष्टाचार छानविन हुनुपर्छ : डा.भट्टराई


  • पञ्चायतकालदेखिकै भ्रष्टाचार छानविन हुनुपर्छ : डा.भट्टराई
  • सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

    पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार सुर्खेत आएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने उनको भनाइ छ । हाल चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।



  • ‘घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ’, डा भट्टराईले सुझाव दिए । ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *