प्रेस यूनियन बाँकेको अध्यक्षमा ढकाल विजयी


  • प्रेस यूनियन बाँकेको अध्यक्षमा ढकाल विजयी
  • नेपालगंज । नेपाल प्रेस यूनियन बाँकेको नयां कार्यसमितिमा रेडियोकर्मी प्रियास्मृति ढकाल नेतृत्वको टिम विजयी भएको छ ।



  • शनिवार राती जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।त्यस्तै उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, रवि कनोजिया, सलामत अली शेष,आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा,रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *