युरोपबाट फर्किए माधव नेपाल


  • युरोपबाट फर्किए माधव नेपाल
  • काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किएका छन् । उनी युरोपका विभिन्न देशको भ्रमण छोट्याएर आज सोमबार बिहान काठमाडौं फर्किएका हुन् ।

    अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।



  • ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएपछि पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *