काठमाडौं
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वढिरहेको छ । नेपालका विभिन्न जिल्ला संगै काठमाडौं उपत्यकामा पनी संक्रमितको संख्या दिनप्रतिदिन वढिरहेको छ । उपत्यकामा आइतबार मात्र थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएका छन् ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थप ९० जनामा कोरोना संक्रमण


