रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । उनी आज (शनिवार) बिहान घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पारिवारिक श्रोतका अनुसार शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केपछि खोजी गर्दा रुखमा भुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उनले शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस समेत लेखेको प्रहरीले जनाएको छ । उनले फेसबुकमा लेखेका छन्, परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।
घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।