अस्पतालबाट गायब पारिएकी शिशु डाक्टरले बेचेको खुल्यो


  • अस्पतालबाट गायब पारिएकी शिशु डाक्टरले बेचेको खुल्यो
  • काठमाण्डौं । विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएका शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ। मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो।

    कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् ।

    डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछी पक्राउ परेका हुन् ।

    कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती पनि पक्राउ परेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहानामा कोशी अस्पतालमा भर्ना भएकोमा हिजो डिस्चार्ज भएपछी हिरासतमा लिइएको हो ।



  • कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    डा. कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौंका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

    उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको पुष्टी भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *