बाँकेमा आज तीनजना डिस्चार्ज



नेपालगन्ज २६, साउन ।
बाँकेमा सोमवार थप तीन जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ८ का दुई जना र एकजना प्युठान मल्लरानी ३ का हुन् । योसँगै बाँकेमा चार सय पाँचजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
बाँकेमा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेमा तीनजनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १५ दिन यतामात्र बाँकेमा दुई सय १२ जना संक्रमित थपिएका छन् । र, योबीचमा एकजना महिलाको कोरोनाबाट मृत्यु समेत भएको छ ।