हेलम्बु र मेलम्चीमा फेरी बाढी, विद्यालयसहित ग्याल्थुम बजार उच्च जोखिममा


  • हेलम्बु र मेलम्चीमा फेरी बाढी, विद्यालयसहित ग्याल्थुम बजार उच्च जोखिममा
  • सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरी बाढी आएको छ। बुधवारदेखिको अविरल वर्षाका कारण हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो।

    लगातारको बर्षाले मेलम्चीको सिमखेतमा सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।



  • निरन्तर वर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए । ‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ’ उनले भने, ‘वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।’

    बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको स्थानीय श्याम लामिछानेले बताए । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *