अनेरास्ववियूको अध्यक्षमा लामा महासचिवमा श्रेष्ठ चयन


  • अनेरास्ववियूको अध्यक्षमा लामा महासचिवमा श्रेष्ठ चयन
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा भएको स्थायी कमिटी बैठकले अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो ।

    अध्यक्ष र महासचिवको महाधिवेशन कमिटीले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ । योसँगै सुदेश पराजुलीले विद्यार्थीको नेतृत्वबाट बिदा लिएका लिएका छन् ।



  • एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो । नेकपा अदालतबाट ब्युँतेपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेको थियो । सोही कमिटी नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूमा परिणत भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *