ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै


  • ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै
  • काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो ।

    सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए ।

    जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासँग् बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।



  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले यस प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो ।

    सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने किर्तेमा मात्र मृत्यु भइसकेका २१ सहित ३११ जनाविरुद्ध मुद्दा चलाएको हो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । प्रहरी हिरासतमा रहेका १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *