पाल्पामा पहिरोले जीप पुरिदा तीनको मृत्यु, ८ जना घाइते


  • पाल्पामा पहिरोले जीप पुरिदा तीनको मृत्यु, ८ जना घाइते
  • पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका(२ जोर्तेमा पहिरोले जीप पुरिँदा ३ जनाको मृत्यु भएको छ। सडकमाथीबाट अचानक आएको पहिरोले गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पपरँदा ३ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।

    पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।



  • उक्त स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरोका कारण पाल्पा–गुल्मी सडकखण्डमा सवारी आवागमन हवरुद्ध भएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *