काठमाडौं । काठमाडौंबाट जनकपुका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ ।
सिरामा हुन गइरहेको सचिवालय बैठकमा सहभागी हुन हिँडेका नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज विमानस्थन नजिकै पुगेर फिर्ता भएको हो ।

सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्ट लक्ष्मी शाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।
तर जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । त्यसपछि जहाज काठमाडौं फिर्ता भएको एमाले उपाध्यक्ष नेम्वाङले बताए ।