विश्वमा कोरोनाले मर्नेको संख्या ७ लाख नाघ्यो



काठमाडौं ।
पछिल्लो समय नोवेल कोरोना भाइरसले भयावह रुप लिइरहेको छ । हालसम्म विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ७ लाख २२ हजार वढि मानिसहरुले ज्यान गुमाइसकेका छन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको तथ्यांकमा उल्लेख छ ।