काठमाडौं । नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले पाएका छन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर सोमबार राति कोरिया प्रस्थान गरेपछि थापाले निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका थापालाई आईजीपी कुँवरले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।