बालिका बलात्कार गरेको आरोपमा होटल सञ्चालक पक्राउ



रुकुम पश्चिम ।
रोजगारको प्रलोभन देखाइ होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई जर्बरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले वताएका छन ।
गत शुक्रबार २३ गते राति करिव साढे ८ बजेको समयमा बालिकालाई दारिमचौरको जंगलको बाटोमा बलात्कार गरेको पिडित बालिकाले बताएको भनाइ छ । बालिकाको परिवारले २४ गते शनिबार किटानी जाहेरी दिएपछि आराेपितलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको निरीक्षक वलीले जानकारी दिए ।