काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ । उनले मदिरा सेवन गरेको पाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरहरू पनि ल्याएको छ ।