काठमाडौ । काठमाडौं महाराजगन्जस्थित व्यस्त चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फ सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भेटिएपछि सडक खाली गराइएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपछि मात्र थाहा हुने सो क्षेत्रमा खटिएका एक प्रहरीले बताए ।