३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज



काठमाडौ २६, साउन ।
पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४, शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ । हालसम्म देशभरका क्वारेन्टिनमा १० हजार ६५९ मानिसहरु रहेका छन् ।